१९ कार्तिक २०८३, बिहिबार

दाङमा युवतीको करेन्ट लागेर मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, ३ असनेज । आइतबार बिहान दाङमा एउटी २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार बिहान जिल्लाको दंगीशरण गाउँपालिका–७ बुटिनिया बस्ने २२ वर्षीया प्रमिला चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा पानीको मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस