१९ कार्तिक २०८३, बिहिबार

सोमबारदेखि नयाँ नोट पाइने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३ असोज । असोज ४ सोमबारदेखि दशैँ/तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ ।

नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।

सर्वसाधारणले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयबाट नयाँ नोट वितरण हुन्छ ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउँनेछन् ।