२ कार्तिक २०८३, सोमबार

जलालावादमा श्रृङ्खलाबद्ध बम विष्फोट, सात जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, ३ असोज । अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् ।

बम विष्फोटमा परेर ३० जना भएका छन् । काबुलमा भएको विस्फोटमा दुई जना घाइते भएका छन् । ‘जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केको आतंकको अवशेषजस्तो देखिएको जनाइएको छ ।

तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावाद नान्गर्हर प्रान्तको राजधानी हो । त्यहाँ कम्तिमा चारवटा स्थान बिस्फोट भएको बताइएको छ । अहिलेसम्म बिस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकामा मानिन्छ ।

जलालावादमा बिस्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम बिस्फोट हुँदा दुई जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो, त्यसको छोटो समयमै यहाँबाट अमेरिकी नेतृत्वको विदेशी सेना हटिसकेको छ । देशमा शान्ति–सुरक्षा स्थापना गर्दै स्थिर वातावरण बनाउने प्रतिबद्धता तालिबानले जनाएको छ ।