शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

गोकुल बास्कोटा र पारस शाहको नक्कल गरेर हिट बनेका पौडेलले जिते २५ लाखको पुरस्कार

दैनिक नेपाल २०७८ असोज ३ गते ७:३८

काठमाडौं । ताप्लेजुङ स्थायी घर भएका भरतमणि पौडेल कमेडी च्याम्पियन– २ को विजेता बनेका छन् ।

शनिवार राति भएको ग्रान्ड फिनालेमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् ।

विजेता बनेका पौडेलले उपाधिसँगै कार र २५ लाख रुपियाँ पुरस्कार जितेका छन् । अग्रवाल दोस्रो स्थानमा चित्त बुझाएका छन् । थापा तेस्रो बनेका छन् ।

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि चर्चामा आएका पौडेलले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चौतर्फी प्रशंसा पाएका थिए ।

कार्यक्रमका निर्णायकमा हास्य कलाकारहरू सन्तोष पन्त र मनोज गजुरेल, चलचित्र निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।

प्रतिक्रिया
सम्बन्धित