शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आत्मघाती गोलसँगै एस्टन भिल्लाले एर्भटनलाई हरायो

दैनिक नेपाल २०७८ असोज ३ गते ७:३१

लण्डन, ३ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले एभर्टनलाई हराएको छ ।

शनिबार राति भएको खेलमा एस्टनले एभर्टनलाई ३–० गोल अन्तरले हराएको हो । खेलको ६६ औं मिनेटमा एस्टनका म्याट्टी क्यासले गोल गरी अग्रता दिलाएका थिए ।

लगत्तै ६९ औं मिनेटमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरे पनि एस्टनले २–० को अग्रता बनायो ।

त्यसपछि खेलको ७५ औं मिनेटमा एस्टनका लियोन बेलीले गोल थपे । एभर्टनलाई हराएको एस्टनले ५ खेलमा ७ अङ्क जोडेको छ ।

एस्टन भिल्ला लिगको दशौं स्थानमा छ । एभर्टन १० अङ्कका साथ पाँचौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित