१९ कार्तिक २०८३, बिहिबार

८ लाख जरिवाना ताेकिएका फरार अभियुक्त १५ वर्षपछि पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

 

काठमाडैँ, २ असोज । प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ ​वर्षपछि पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि विदुरराज गिरी फरार भएका थिए ।

फैसला कार्यान्वयनको शिलशिलामा शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार चौरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ बर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौ जिल्लाको बालाजुमा फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो । –रासस