२ कार्तिक २०८३, सोमबार

ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, २ असोज । अफगानिस्तानबाट आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता हुनुभन्दा केही दिनअघि गरेको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ ।

२९ अगस्टमा इस्लामिक स्टेट–केका आक्रमणकारीलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा एक सहायताकर्मी र उनको परिवारका ९ जना मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले आफ्नो अनुसन्धानपछि बताएको हो ।

मारिनेमा सात बालबालिका थिए । सबैभन्दा कम उमेरकी सुमाया मात्रै दुई वर्षकी थिइन् । काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमणको केही दिनमा ड्रोन आक्रमण भएको थियो ।

अफगानिस्तानमा २० वर्ष लामो सैन्य अभियान अन्त्य गर्नुअघिको अन्तिम ड्रोन आक्रमण सैन्य गतिविधि थियो ।

इस्लामिक स्टेट (आइएस)को स्थानीय समूह आइएस–केका लडाकु रहेको ठानी अमेरिकी गुप्तचर निकायले सहायताकर्मीको कारलाई ८ घण्टासम्म निगरानी गरेको थियो ।

त्यसपछि आक्रमण भएको थियो । सो आक्रमणमा आफूहरु चुकेको र निर्दोष सर्वसाधारणको ज्यान गएको अमेरिकी सेन्ट्रल कमाण्ड जनरल केनिथ म्याकेन्जीले बताएका छन् ।

कारमा रहेको पानीको कन्टेनरलाई विस्फोटक पदार्थ जस्तो ठानेर आक्रमण गर्दा दुर्घटना भएको अमेरिकाले जनाएको छ ।