२ कार्तिक २०८३, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल र लीड्स बराबरीमा रोकिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ असोज । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा न्यूक्यासल युनाइटेड हारबाट जोगिएको छ ।

घरेलु मैदानमा भएको खेलमा न्यूक्यासल लीड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो । १३ औँ मिनेटमा राफिन्हाको गोलबाट लीड्सले सुरुवाति अग्रता लिएको थियो ।

न्यूक्यासलका लागि सेन्ट–म्याक्सिमिनले ४४ औँ मिनेटमा बराबरी गोल गरेका हुन् । पाँच खेलबाट दुई अंक जोडेको न्यूक्यासल पुछारबाट तेस्रो स्थानमा छ । तीन अंकसहित लीड्स १६ औँ स्थानमा छ ।