८ कार्तिक २०८३, आइतबार

२५ किलो सालकको खपेटासहित २ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रामेछाप, १ असोज । मन्थली नगरपालिका–१ भैंसेश्वर चोकबाट अन्दाजी २५ केजी तौल भएको संरक्षित वन्यजन्तु सालकको जस्तो देखिने खपेटा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लिखुतामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय ध्यान बहादुर तामाङ रहेका छन् ।

उक्त स्थानमा २ जना व्यक्तिहरुले बोरामा शंकास्पद चिजवस्तुहरु बोकी हिंडीरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई तलासी गर्दा बोराभित्र उक्त तौलको खपेटा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।