मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

रियल बेटिसको रोमाञ्चक जित

दैनिक नेपाल २०७८ असोज १ गते १०:२६

लण्डन, १ असोज । युरापा लिगमा स्पेनिस क्लब रियल बेटिसले रोमाञ्चक जित हात पारेको छ । दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै स्कटिस क्लब सेल्टिकमाथि रियल बेटिसले ४–३ गोलको जित निकालेको हो ।

रियल बेटिसलाई जिताउन जुआनमीले दुई तथा जुआन मिरान्डा र बोर्जा इग्लिसिएसले एक–एक गोल गरे । सेल्टिकका लागि अल्वियोन एजेटी, जोसिप जुरानोभिक र एन्थोनी राल्सटनले गोल गरे ।

१५औँ मिनेटमा अल्वियोन एजेटी र २७औँ मिनेटमा जोसिप जुरानोभिकले गोल गरेपछि घरेलु मैदानमा रियल बेटिस २ गोलले पछि परेको थियो । तर, ३२औँ मिनेटमा जुआन मिरान्डाको गोलसँगै टिम लयमा फर्कियो । ३५औँ मिनेटमा जुआनमीले खेललाई बराबरीमा फर्काए।

दोस्रो हाफपछि दुई मिनेटको अन्तरमा रियल बेटिसले दुई गोल हान्यो । ५१औँ मिनेटमा बोर्जा इग्लिसिएसको गोलपछि खेल ३–२ ले अघि बढ्यो । ५३औँ मिनेटमा जुआनमीले व्यक्तिगत दोस्रो गरे रियल बेटिसको जित पक्का गरे ।

यस्तै डिनामो जाग्रेबमाथि वेस्ट ह्याम युनाईटेडले २-० गोलको जित निकाल्यो । वेस्ट ह्यामलाई जिताउन माइकल एन्टोनियो र डिक्लन राइसले एक एक गोल गरे ।

जी समूहको अर्को खेल भएको थियो, जसमा जेन्कले रापिड विनलाई १-० ले हरायो भने लाजियोलाई गलातासारेले १-० गोल अन्तरले पराजित गर्‍यो ।

फ्रान्सेली क्लब लियोनले घरेलु टोली स्कटिस क्लब रेन्जर्सलाई २-० गोलले हरायो । लियोनलाई जिताउन कार्ल टोको इकाम्वीले गोल गरे भने एक गोल उपहारमा मिलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित