२ कार्तिक २०८३, सोमबार

भाजपाले प्रधानमन्त्री मोदीको जन्मदिन २० दिन मनाउने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ ।

शुक्रबार मोदीको ७१ औं जन्मदिन हो । बीबीसी हिन्दीले मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ ।

उनको जन्मदिनका अवसरमा भाजपाले सेवा र समर्पण अभियान चलाउने भएको छ । त्यका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ ।

२० वर्षअघि मोदीले पहिलो पटक अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री सम्हालेका थिए । उनको जन्मदिन र पहिलो पटक मुख्यमन्त्री भएको दिनसम्म भाजपाले विभिन्न कार्यक्रम गर्न लागेको हो ।

मोदीको जन्मदिनका अवसरमा जिल्लास्तरमा पार्टी कार्यकर्ताले रक्तदान गर्ने, मोदीको जीवनी प्रदर्शन गर्ने लगायत कार्यक्रम गरिनेछन् ।

उनको जन्मदिनको अवसरमा वाराणसीको भारत माला मन्दिरमा ७१ हजार दीयो जलाउने, धन्यवाद मोदीजी लेखिएका १४ करोड रासन झोला बाँड्नेलगायत कार्यक्रम पनि गरिनेछन् ।

मोदी सन् २०१४ मा भारतका प्रधानमन्त्री बनेका थिए । उनको हिन्दुवादी भाजपाले केन्द्रीय सत्ता चलाउँदा मुस्लिमलगायत अल्पसंख्यकमाथि दमन बढेको, प्रजातान्त्रिक संस्थाहरू धरासायी भएको र पछिल्लो समय कोरोना महामारीको नियन्त्रणमा उनको सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर आलोचना हुने गरेको छ ।