
काठमाडौँ, ३१ भदौ । काठमाडौँ उपत्यकामा तत्काल भौतिक रुपमा उपस्थित भएर विद्यालय सञ्चालन नगर्न प्रशासनले सूचना जारी गरेको छ ।
बिहीबार काठमाडौँ जिल्ला प्रशासनले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको छ ।
आवश्यक परेको खण्डमा स्थानीय तहले जिल्ला कोभिड संकट व्यवस्थापनसँग समन्वय गरेर मात्रै विद्यालय भौतिक रुपमै पठनपाठन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, प्रशासनले सभा जुलुस, जात्रा, भोजजस्ता भिडभाड हुने गतिविधीमा पनि रोक लगाएको छ भने चाडपर्व पनि सिमित उपस्थितिमा मनाउन आग्रह गरेको छ ।













प्रतिक्रिया