८ कार्तिक २०८३, आइतबार

नगद ३ लाख लुटपाट गरेको अभियोगमा पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३१ भदौ । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने बैतडी घर भएका २६ वर्षीय लव जित भट्टलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

लवले आफ्नै काकालाई बिदेश पठाईदिन सहयोग गरी दिन्छु भनि लोकन्थलीमा लगेर उक्त नगद लुटेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।