१९ कार्तिक २०८३, बिहिबार

थप १ हजार ५११ जनामा कोरोना पुष्टि, १ हजार ६८९ निको, ११ को मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार २०८ र एन्टिजेन विधिबाट ३ हजार ९७१ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ५११ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ७० हजार १७६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६८९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ जना रहेको छ ।

मन्त्रालयका अनुसार ४०७ संक्रमित आइसीयुमा छन् भने १२८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ५४ लाख ७३ हजार १५१ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६० लाख ५७ हजार १९४ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ जना पुगेको मन्त्रालयले जनाएको छ ।