
काठमाडौँ, ३१ भदौ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ५ लाख विपन्नलाई १० हजार राहत दिने कार्यक्रमबारे प्रश्न गरेका छन् ।
बिहीबार एमाले कार्यकर्ताको काठमाडौँमा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ लाखलाई १० हजार एकपटक बाँडेर गरिबी घट्छ ? भनि प्रश्न गरेका हुन् ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत ५ लाख विपन्नलाई १० हजार राहत दिने कार्यक्रम ल्याएको छ ।
ओलीले सरकारलाई प्रश्न गर्दै भने– ‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? कृषि आधुनिकरण गर्ने केही छैन कस्तो मन पोलेको होला धरहरा बनाएको देखेपछि घण्टाघर भत्काउने रे !’












प्रतिक्रिया