१९ कार्तिक २०८३, बिहिबार

आम सञ्चार विधेयकप्रति प्रेस चौतारी तनहुँको गम्भीर ध्यानाकर्षण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि वि श्रेष्ठ

दमौली, ३१ भदौ । गण्डकी प्रदेश सभाको विद्यायन समितिमा पेश भएको आम सञ्चार विधेयक प्रति प्रेस चौतारी नेपाल तनहुँको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस चौतारी नेपाल तनहुँको अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको विरोध कार्यक्रममा गण्डकी प्रदेश सरकारद्वारा आम सन्न्चार विधेयकमा उल्लेखित सजाय र पुनरावेदन प्रति गम्भिर आपत्ति प्रकट गर्दे विधेयकको प्रतिलिपि जलाएको हो ।

मुलुकको मुल कानुन र संविधानसंग बाँझिने गरी केही प्रावधान गम्भीर खालका समावेश गरिएका छन् । आमसञ्चार विधेयकको परिच्छेद १० को सजाय र पुनरावेदन सम्बन्धी प्रावधानमा रहेका बुँदा नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मुल्य मान्यता र प्रचलित अभ्यासविरुद्ध भएको ठहर गर्दै प्रेस चौतारी नेपाल तनहुँले प्रस्तावित आमसञ्चार विधेयकको नमुना जलाएर विरोध जनाएको हो ।

विधेयकमा समाबेस गरिएका केही प्रावधानले प्रेस स्वतन्त्रता नै निमोठिने अवस्था हुनसक्छ । विधेयक जस्ताको त्यस्तै अगाडि बढ्यो भने गम्भिर रुपमा आन्दोलनमा उत्रने अवस्थासम्म आउन सक्ने चौतारीले जनाएको छ । विधेयक जस्ताको त्यस्तै पारित नगर्न चौतारीले माग गरेको छ ।

संविधानको धारा १९ को उपधार २ मा समाचार, लेख प्रकाशन एवं प्रसारण गरेबापत सञ्चारमाध्यम बन्द, जफत वा दर्ता खारेज गर्न नसकिने उल्लेख छ । यो विधेयकले संविधानको यो व्यवस्थालाई समेत कुल्चेको छ ।

न्यायिक निकायमा समाचार वा विचारका विषयलाई प्रवेश नै नगराई सिधै मन्त्रालयका सचिवले पत्रकारसँग ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना असुल गर्न सक्ने जस्ता प्रावधान यसमा राखिएका छन् ।

कर्मचारीले पत्रकारलाई कारबाही गर्न सक्ने गरी विधेयक ल्याइएको छ । यो आप्पत्तिजनक छ । जस्तो विधेयकको परिच्छेद १० को दफा ४७ को १ र ३ लाई हेर्ने हो भने मुद्दा हेर्ने अधिकारीमा मुद्दाको सुरू कारवाही र किनारा गर्ने अधिकार मन्त्रालयका सचिवमा हुने उल्लेख गरेको छ ।

दफा ४७ को १ मा इजाजत पत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्ता व्यक्तिलाई इजाजत पत्र दस्तुर वापत लाग्ने दस्तुर बराबरको रकम असुल गरी सो बराबरको रकम जरिवाना हुने उल्लेख छ ।

विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जल पौडेल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाशचन्द्र भट्टराई, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, नेपाल पत्रकार महासंघ गण्डकी पदेशका उपाध्यक्ष सोनी शर्मा, रिपोर्टस क्लव का अध्यक्ष मदन वाग्ले, संस्थाका उपाध्यक्ष वि वि श्रेष्ठ लगायत जिल्लामा रहेको पत्रकारहरुको उपस्थिती रहेको थियो ।

चौतारी तनहुँका सहसचिव मदन तिमल्सेनाले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष नारायण खड्काले विधेयकको वारेमा प्रष्टिकरण गरेका थिए ।