१९ कार्तिक २०८३, बिहिबार

मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद विस्तार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

प्रदेशसभाबाट विश्वासको मत लिन लागेका मुख्यमन्त्री आचार्यले वुधबार ५ जना मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् ।

उनीहरुको आजै साँझ सपथ ग्रहण गराइएको छ । योसँगै प्रदेश १ को मन्त्रिपरिषद ८ सदस्यीय पुगेको छ ।

थपिएका मन्त्रीहरुमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बनाइएको छ ।

तयस्तै, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ ।

यसअघि सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारी उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए ।

मुख्यमन्त्री पछाडि मन्त्रीहरुको पहिलो वरियतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको वरियतामा नियुक्त भएका हुन् ।