बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

खोँचको त्यो कुवाँ बन्यो कि बनेन होला जीवन ?

वि वि श्रेष्ठ २०७८ भदौ २९ गते २१:४६


-वि वि श्रेष्ठ

उर्लिएको त्यो छाल, अन्तत आफनो गन्तव्यमा पुग्ला कि नपुग्ला ? विशाल त्यसको पराकम्प निश्चित समय र स्थानमा पुग्दा त्यसको

ओझिलो किन समान वन्न नसक्ला ? त्यो यात्रा निश्चित गन्तव्यमा नपुगी सेलाएझै सजिवताको त्यो सोच पनि विस्तारै धुमिल हुने रहेछ । समयको दासत्वमा फुलेको फुल ओईलाए झै झर्ने केशहरु निरन्तर झर्ने कुरा नै सत्य रहेछ ।

गर्जिएको त्यो भेलले साँच्चै सवै विन्यास पार्ला झै लागेता पनि त्यसको दुरी र गन्तव्य र समयसँगै हराउने नियमित कर्म रहेछ । खोचमा रहेको जलको आफनै महत्व हुन्छ भने झै त्यसको वदलाव उर्लदो खहरे हुन नसक्ने रहेछ ।

दासत्व मानसिकताको कि समयको ? भीडको अंश वन्नै पर्ने वाध्यतामा संसारको सम्पुर्ण वस्तुहरु निहितार्थ नै हुनुपर्ने छ र ? कल्पनाको त्यो नविनतामा स्वप्त संसार देख्नेहरु अन्ततः क्षितिजमा विलिन हुनुको विकल्प रहेनछ । सोच नै सुख र सोच नै दुखः भएता पनि त्यो सोचको क्षेत्राधिकार र परिधिभित्र असिमित शंका, उपशंकाहरुको निवारण कसरी होला ?

त्यो तेज नयन दृष्टि समयचक्रसँग आज धुमिल भएछ, जीवनको जोश, जाँगर र सपनाहरु घरको आँगनमा नै टाढा भएछ । यहि निरन्तरतामा छिपिएको जीवन उत्तरार्धको पर्खाईमा क्षितिजमा पुगिसकेछ ।

सपना र कल्पनाको मापन गर्ने छडि कस्तो होला ? जसले त्यसको लेखाजोखा गरोस । अनुकुलतामा नभई यथार्थतामा मुल्यांकन गर्ने सोच र चेतनाको अव्वलता कसको होला ?

खोचको त्यो पानीले यात्रुको प्यास मेटाए झै मेरो जीवन पनि उर्लिएको भेल त वनेन, जसले कसैको पनि प्यास मेटाउन सकेन । आखिर गन्तव्य निश्चित स्थानमा होईन, निश्चित विन्दुमा हुने रहेछ । तर त्यसको हेक्का हुदाँ सोचमा धमिरा लागिसकेछ ।

सफलताको मापनको मुल्यांकन कसैले गर्ला, वा स्वविवेकले ? हिजो संसारको सवै वस्तु प्राप्त गर्ने ध्येय पनि छालाको चाउरीपन सँगै निचोरिएछ । जोशमा उम्लने रगत वग्ने नशाहरु खुम्चिएछन् । रगत वग्ने प्रवाहमा अवरोध आउँदा त्यो जोशिला स्वरहरु धुमिल भएछन् ।

वहने हावाको गति पनि कहाँ समान हुँदो रहेछ र ? सुर्यको किरण पनि एउटै समयमा समान नहुने रहेछ । यति धेरै असमानता विचमा रहेको प्रकृतिमा जीवनको अनुकुलता खोज्नु भनेको मुर्खता मात्र रहेछ ।

धर्तीमा टेकेको दुईपाईलाको ओझ त असमान भएको सन्र्दभमा सोचमा एकरुपता खोज्नु कमजोर मानसिकताको घोतक रहेछ । सवका मालिक एक भएता पनि त्यसलाई विटुलो पार्ने प्रयत्नहरु हुँदो रहेछ भने सफलताका सिडीहरु पनि त्यस्तै हुने रहेछ ।

जुन यथार्थवादी रहेछन् । ऐनामा आफनो प्रतिविम्व देख्ने कोशिशहरुमा नयनको स्पन्दनको असमानताले छक्याईदिनेरहेछ । वायुमण्डलको त्यो वायुले मानसिकतालाई खलल पार्ने रहेछ ।

त्यही खललतालाई संयमित वनाउन नसक्दा सोचमा विविधताले वास गर्ने रहेछ, यहि वीचको समयले जीवनलाई तरंगित वनाउने रहेछ । त्यहि तरंगित भावनामा तैरिने प्रयत्नमा अनुकुलतको हत्कण्डा प्रधान वनिदिनेरहेछ ।

सम्पन्नता भौतिक तथा आर्थिकतामा खोज्ने कि सोचमा ? जीवनको मुख्य साध्य यहि रहेछ । दृष्टिकोणको अव्वलता चेतनामा निर्भर रहने रहेछ । न्याय पनि चेतनामा निर्भर रहेता पनि स्वार्थताले त्यसलाई छोपेको हुने रहेछ ।

त्यही छोपिएको स्वार्थताले कमाएको सम्पति जोगाउने नाममा विताएको पलले जीवन सधै तरंगित हुने रहेछ । विवेकताको वन्धक स्वार्थतामा केन्द्रित भएता पनि आत्मिक सन्तुलनमा त्यो मिथ्या सावित हुने रहेछ ।

भोगिने जीवन र आत्मिक जीवनको अन्तर्य गहिरो हुँदो रहेछ । सवैलाई जित्ने र छल्न सक्ने चेतना पनि अन्तत आत्माको अगाडी निरिह हुने रहेछ । यहि वीचको माथापिच्छी नै जीवनको पल रहेछ । जुन भोगाधिकार सजिवताको निरन्तरको अभ्यास रहेछ ।

रातको त्यो प्रहर विताउने ओत, गगन वाट वर्षिएको पानी समेत नओत्ने छानो भएको कुटि हुँदा पनि यति धेरै उकुश मुकुश किन ? साँच्चै भौतिक सम्पतिलाई नै जीवनको ध्येय सम्झनेहरुहरुको सम्पतिले रातको त्यो चिसो स्पन्दनमा आत्माको त्यो तराजुमा जोखिदाँ पोल्यो होला कि नाई ?

हावाको त्यो कम्पन त प्रकृतिको विविधतामा असमान हुने रहेछ भने त्यसको प्रभाव आममा नहुन भन्ने सोच नै गलत रहेछ । सोचको विकास समाजले गरायो कि प्रकृतिले भन्ने दुविधामा अल्झेको मानव जाति त्यहि माथापिच्छीमा जीवन गुजार्न अभ्यस्त वनिदियौ ।

जीवनको उत्तरार्धमा देखिने अमानविय व्यवहारको प्रतिफल नै यही हो । मानवता मर्देन, तर मार्नका लागी गरिने प्रयत्न अन्तत आफनै लागी हानिकारक हुँदो रहेछ ।

चेतना र सोचको वीचमा तादात्म्यता मिलाउन नसक्नु भनेको स्वार्थको सुचकहरु हावी हुनु रहेछ । त्यो विशाल पहाड ढल्दैछ, परापुर्व काल देखि अस्तित्वमा रहेको त्यो वरपीपल आज सवैका लागी वोझ वनेको छ ।

लाग्दछ, त्यो वरपीपल भोली हामी हुनु छैन । सधै पलुवामा रहने र वलिष्टतामा जीवन गुज्रिरहनेछ । सोचको त्यो वलिष्ठता उसैको पाँउमा घुमिरहनेछ । पलको त्यो मापन त्यो उजाडिएको मस्तिष्कले सोच्न सक्यो कि सकेन होला ? आत्मासमिक्षाको कडीमा उभिने प्रयत्न गरयो कि गरेन होला ?

सानो कुवाको पानीले तिर्खाको यात्रुको प्यास मेटे झै उर्लिएको त्यो छालले कुनै दिन कुनै यात्रुको प्यासमा साधक वन्यो कि वनेन होला ? विशाल हुदैमा त्यो भेलले जीवनमा कसैको सारथी वन्यो कि वनेन होला ? त्यो महल कुनै दिन कुनै पनि यात्रुको छहारी वन्यो कि वनेन होला ?
रातको त्यो चकमन्नतामा सोचको मुलले अधिनस्थ जनाईरहँदा समयको घटाले किन अवरोध वन्नुपर्यो होला ?

अवरोधको पनि तात्विक नियम नै हुन्छ, क्यारे ! एकाग्रतामा भाँजो नै हाल्नु पर्ने ! कल्पिएको त्यो आत्मिक सोचहरु नै फिका हुने गरि । साँच्चै सुन्दर थियो, त्यो पल ।

जुन पलले वाँच्ने आधारशिला निर्माण गरेको थियो । आत्मिकताको त्यो गहिराईमा जीवन सुन्दर लाग्ने रहेछ । चकमन्न पल नै जीवनको यथार्थ पल हो क्यारे ! दिनको उज्यालो त आत्मिकताको अवरोध मात्र । जसले सोचमा विखण्डन ल्याईदिँदाे रहेछ ।

खोचको त्यो पानीले यात्रुको प्यास मेटाए झै मेरो जीवन पनि उर्लिएको भेल त वनेन, जसले कसैको पनि प्यास मेटाउन सकेन । आखिर गन्तव्य निश्चित स्थानमा होईन, निश्चित विन्दुमा हुने रहेछ । तर त्यसको हेक्का हुदाँ सोचमा धमिरा लागिसकेछ ।

रातको त्यो प्रहर विताउने ओत, गगन वाट वर्षिएको पानी समेत नओत्ने छानो भएको कुटि हुँदा पनि यति धेरै उकुश मुकुश किन ? साँच्चै भौतिक सम्पतिलाई नै जीवनको ध्येय सम्झनेहरुहरुको सम्पतिले रातको त्यो चिसो स्पन्दनमा आत्माको त्यो तराजुमा जोखिदाँ पोल्यो होला कि नाई ?

यो साँच्चै सोचको अग्राधिकार होला कि कमजोर मस्तिष्कको घोतक ? सोचमा देखिएको यो उथुलपुथलले समाज र देशप्रति योगदान दिने हिम्मत राख्ला कि नराख्ला ? कि कल्पनाको त्यो क्षितिजमा नै विलिन भएर जाला ?

प्रतिक्रिया
सम्बन्धित