मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

अध्यादेशबाटै देश चलाउने सरकारको तयारी

दैनिक नेपाल २०७८ भदौ २९ गते १८:४७

काठमाडौँ, २९ भदौ । सरकारले चालु संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी गरेको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरुको खरो विरोध गर्ने दलकै नेतृत्वको सरकारले अध्यादेशमार्फत देश चलाउन खोज्नु निष्ठाको राजनीतिले आफैँलाई गिज्याएको आभास दिलाउँछ ।

सरकारले प्रतिपक्षीसँग संवादलाई वेवास्ता गरेपछि सदनबाट प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि सरकार अप्ठ्यारोमा परेको छ ।

समयमा विधेयक पारित नहुँदा सरकारले खर्च गर्न नसक्ने स्थिति आउनुका साथै कर्मचारीको तलब समेत रोक्का हुने स्थिति आएको हो ।

राजनीतिक दल फुटाउन सजिलो पार्न सरकारले अध्यादेश जारी गरेपछि एमाले फुट्यो ।

तर त्यसभन्दा अघि नै एमालेले माधव नेपालसहितका १४ जनालाई कारवाही गरेको पत्र सभामुखलाई पठाए पनि सूचना टाँस नगरेपछि एमालेले आफूहरुलाई भेदभाव भएको जनाएर संसद अवरोध गर्दै आएको छ ।

सरकारले आफूले विधेयक पारित गर्न नसकेपछि अब के गर्ने भनेर मंगलबार मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

सरकारले अब अध्यादेशमार्फत देश चलाउने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित