बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

थप १ हजार ५६२ जनामा कोरोना पुष्टि, १ हजार ५८९ निको, १९ को मृत्यु

दैनिक नेपाल २०७८ भदौ २९ गते १७:४०

काठमाडौँ, २९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार २६६ र एन्टिजेन विधिबाट ४ हजार १७७ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ५६२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ६६ हजार ९०५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ४२ हजार ३०६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेको छ ।

मन्त्रालयका अनुसार ४२३ संक्रमित आइसीयुमा छन् भने १३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ५२ लाख ४३ हजार २३६ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५८ लाख ७७ हजार ७९ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९८४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित