बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चितवन फोटो पत्रकार समूहको अध्यक्षमा आचार्य चयन

दैनिक नेपाल २०७८ भदौ २९ गते ८:३८

भरतपुर, २९ भदौ । पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन भएको छ ।

चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरूको भेलाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समूह चितवनको निर्विरोध नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा महेश पाण्डे, सचिवमा रामु आचार्य र कोषाध्यक्षमा सन्तोष वस्ताकोटी रहेका छन् ।

सदस्यहरूमा विवेक पोख्रेल, रविना पौडेल, सुरक्षा न्यौपाने, विपिन शर्मा आचार्य, प्रेम प्रसाद सापकोटा, मदन अछामी, निराजन घिमिरे रहेका छन् ।

अध्यक्ष आचार्यले चितवनमा फोटो पत्रकारिताको विट विकास गर्न नयाँ पहल थाल्ने बताएका छन् । उनले आफूहरूले पहिलो बैठक पश्चात ठोस नीतिसहित फोटो पत्रकारिता तालिम समेत जिल्लामा सञ्चालन गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित