शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नवलपुरमा बस र ट्रक ठोक्कियो, तीन जनाको मृत्यु

दैनिक नेपाल २०७८ भदौ २९ गते ८:३२

बर्दघाट, २९ भदौ । नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपुरमा भएको दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । दुई जना महिला र एक पुरुषको मृत्यु भएको छ ।

मंगलबार बिहान नवलपुरको गैँडाकोट स्मृति पुल नजिक काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित