२ कार्तिक २०८३, सोमबार

एभर्टनले घरेलु मैदानको फाइदा उठायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २९ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३–१ ले पराजित गरेको हो । ५३ औँ मिनेटमा मी ले गरेको गोलबाट बर्नलीले सुरुवाति अग्रता लिएको थियो । त्यसपछि एभर्टनले पुनरागमन गरेको हो ।

एभर्टनका लागि किनले ६० औँ, टाउनसेण्डले ६५ औँ तथा ग्रेले ६६ औँ मिनेटमा गोल गरेका हुन् । एभर्टनले ६ मिनेटको अन्तरालमा तीन गोल गरेर जित दर्ता गरेको हो । चार खेलबाट १० अंकसहित एभर्टन चौथो स्थानमा छ ।