८ कार्तिक २०८३, आइतबार

ट्रकले ठक्कर दिँदा चितवनमा मोटरसाइकल चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ भदौ । नारायणगढको लायन्स चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिमेन्ट लिएर जनकपुरतर्फ जाँदै गरेको ना ८ ख ६२४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ३९ प २०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पौडेल गम्भीर घाइते भएका थिए ।

घाइते पौडेलको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । –रासस