शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सुनको मूल्यमा तीन सय रुपैयाँको वृद्धि

दैनिक नेपाल २०७८ भदौ २८ गते ११:५८

काठमाडौँ, २८ भदौ । नेपाली बजारमा सोमबार सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ ।

आइतबार ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको हो ।

यस्तै, महासंघका अनुसार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले नै वृद्धि हुँदै सोमबार ९० हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित