शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

उत्तर कोरियाद्वारा दुई वटा नयाँ मिसाइल परीक्षण

दैनिक नेपाल २०७८ भदौ २८ गते ९:५१

लण्डन, २८ भदौ । उत्तर कोरियाले फेरि दुई वटा नयाँ प्रकारका मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले शनिबार र आइतबार दुई वटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेका छन्।

परीक्षण गरिएका ती मिसाइलले १५ सय किलोमिटरको दूरी तय गर्न सक्छन् । उत्तर कोरियाले परीक्षण गरिएका ती मिसाइललाई ‘निकै महत्व भएका रणनीतिक हतियार’ का रूपमा व्याख्या गरेको छ ।

गत जनवरीमा अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले सपथ लिएका बेला पनि उत्तर क्रुज कोरियाले मिसाइल परीक्षण गरेको थियो ।

उत्तर कोरियाको परमाणु कार्यक्रम र ब्यालेस्टिक मिसाइलका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका छन् ।

केही दिनअघिमात्रै उत्तर कोरियाले मुलुक स्थापना भएको ७३ औं वर्ष पुगेको उपलक्ष्यमा प्योङयाङमा विशाल सैनिक परेड गरेको थियो ।

बुधबार राति भएको उक्त परेडमा उत्तर कोरियाली नेता किम जोङ उन पनि सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित