बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

एमसीसीले देशलाई फाइदा नै गर्छ : नेता राणा

दैनिक नेपाल २०७८ भदौ २८ गते ८:३६

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व राज्यमन्त्री उदयशम्शेर राणाले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा राणाले एमसीसी पास गराउन संसदभित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने बताए ।

उनले एमसीसी पास गर्दा नेपालको विकासलाई सहयोग पुग्ने बताएका छन् ।

‘अहिले एमसीसीलाई हेर्ने दृष्टिकोण खासमा आर्थिक, सामाजिक अथवा राजनीतिक पक्षभन्दापनि यो पोलिटिकल टुल भएको छ’, कांग्रेस नेता राणाले भनेका छन् ।

‘एमसीसी २०१७ को सेप्टेम्बरमा सम्झौता भएको हो’, उनले भने, ‘यसमा सबै दलको संलग्नता छ ।’

‘सम्झौतामा हस्ताक्षर भएको एक वर्षपछि यो विवाद सुरु भयो’, राणाले भने, ‘एमसीसीको डकुमेन्ट एक वर्षपछि विवाद सुरु किन भयो ?’
उनले भने, ‘एमसीसीको विवाद शुरु हुनुअघि नेकपाभित्र विभिन्न पक्ष र विवाद शुरु भयो ।’

‘एमसीसी नेकपाभित्रको विवादको शिकार भयो’, उनले भनेका छन्, ‘एमसीसीबारे नेताहरूले बुझाउन पनि नसकेको हो । यो कमजोरी हाम्रो पनि हो ।’

उनले एमसीसी सहयोग अनुदान भएकोले यसले देशलाई फाइदा हुने बताएका छन् ।

‘विदेशी सहयोग लिँदा ५ वटा मापदण्ड पूरा गर्नुपर्छ । पहिलो कुरा, यो ग्रान्ट हो कि लोन ? एमसीसी ग्रान्ट हो’, उनले भनेका छन् ।

‘केपी ओलीले अत्यन्तै ठूलो स्ट्याण्ड लिनुभएको थियो । कांग्रेसको एउटै स्ट्याण्ड छ, एमसीसीले देशलाई फाइदा नै गर्छ’, उनले भनेका छन् ।

‘अहिले आएर एमालेको धारणा कसरी चेन्ज भयो ? यो मैले बुझिनँ’, उनले भने, ‘एमालेको धारणा त डबल स्ट्याडण्डरको रुपमा लिन चाहन्छु ।’

उनले एमसीसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशकोजस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिएको स्मरण गराए ।

प्रतिक्रिया
सम्बन्धित