८ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे बैंकमा अनलाईन डिम्याट खाता खोल्ने सुविधा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । माछापुच्छ्रे बैंक लि.ले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अनलाईनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ ।

विगत लामो समयदेखि डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंक लिले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकले अनलाईनमार्फत डिम्याट खाता खोल्न बैंकको वेवसाईटमा रहेको लिंक प्रयोग गरेर सहजै अनलाईनबाट डिम्याट खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकहरूले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।