शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कैलालीका काँग्रेसका नेता महतोको निधन

दैनिक नेपाल २०७८ भदौ २७ गते १७:४८

सांकेतिक तस्वीर

कैलाली, २७ भदौ । नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि सो मेडिकल कलेज पुर्याइएको थियो ।

पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लाग्नुभएका उनी कैलाली काँग्रेसका लोकप्रिय र निष्ठावान नेता हुन् । कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताए ।

उनका श्रीमती तीन छोरा र तीन छोरी रहेका छन् । स्व.महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिए । औरासस

प्रतिक्रिया
सम्बन्धित