१९ कार्तिक २०८३, बिहिबार

मकवानपुरमा विद्यालयहरू भौतिक उपस्थितिमा सञ्चालन हुन थाले

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २७ भदौ । मकवानपुरमा आजदेखि भौतिक उपस्थितिमै विद्यालयहरुमा पठनपाठन हुने भएको छ ।

कोरोना महामारीका कारण भएको निषेधाज्ञाले लामो समयदेखि बन्द रहेका विद्यालयहरु खुल्ने भएका हुन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले जिल्लाका स्थानीय तहको स्वीकृतिमा शिक्षण संस्थाहरूले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्न सक्ने निर्णय गरेसँगै भौतिक उपस्थितिमा विद्यालयहरू सञ्चालन हुने भएका हुन् ।

जिल्लाका १० वटै स्थानीय तहका कुल ४ सय ९९ विद्यालय लगायत सबै शिक्षण संस्थाहरू आजबाट भौतिक उपस्थितिमा खुल्ने छन् ।