शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

लिटमस केबलको राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडर नियुक्त

दैनिक नेपाल २०७८ भदौ २६ गते ७:१५

काठमाडौँ, २६ भदौ । लुम्बिनी विद्युतउ द्योग प्रा.लिले आफ्नो नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ ।

हालै कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्द्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रुपमा नियुक्त गरेको छ ।

२ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने छ ।

लुम्बिनी विद्युत उद्योग प्रा.लि, सन् १९७७ मा स्थापित नेपालको पहिलो एलिमिनियम कन्डक्टर स्टिल रेन्फोस्र्ड (एसीएसआर) कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

“कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्द्रित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै एड्भान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको” कुरा कमपनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए ।

“ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडी हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अबलोकन एवं जानकारी हासिल गर्यौँ । वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौँ ।” राजेश हमालले बताए ।

अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर एसीएसआर/एबीसी केबल एक्सपीइ कभर्ड कन्डक्टर्स/पावर केबल/कन्ट्रोल्स केबल/मल्टिकोर फिक्जेबल केबल/डोमेस्टिक हाउस वाइरिङ्ग एफआरएलएस /कन्सन्ट्रिक/फ्लेक्जिबल/इनामेल्ड/वाइन्डिंग वायर्स तथा पेपर इन्सुलेटेड वाइन्डिंग वायर्स र स्ट्रिप्सहरुको उत्पादन गर्दै आएको छ । कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी कम्पनीले लिँदै आएको छ ।

लुम्बिनी विद्युत उद्योग लि नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।

प्रतिक्रिया
सम्बन्धित