१९ कार्तिक २०८३, बिहिबार

काँग्रेसको महाधिवेशन कार्यतालिका परिमार्जन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । नेपाली काँग्रेसले पूर्वनिर्धारित महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ ।

वडा महाधिवेशन कार्यतालिकाअनुसार सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो ।

२० जिल्लाको वडा अधिवेशन हुन बाँकी रहेपछि महाधिवेशन कार्यतालिकामा हेरफेर गरिएको बताइएको छ ।

हालसम्म ५७ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ ।

क्रियाशील सदस्यताको विवाद मिलाएर बाँकी २० जिल्लाको वडा महाधिवेशन असोज ५ बजे गर्ने निर्णय भएको छ ।

पालिकाको अधिवेशन असोज ९ गते हुने भएको छ । त्यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ ।

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ अधिवेशन गरिने भएको छ ।

तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ भने मंसिर ९ देखि १३ सम्म तय भएको महाधिवेशनको मिति पनि तत्काल परिवर्तन गरिएको छ ।