
काठमाडौँ, २५ भदौ । सरकारले कोरोनाका कारण काम गुमाएका ५ लाख विपन्न परिवारलाई १० हजारका दरले राहत दिने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार परिमार्जित बजेट प्रस्तुत गर्दै कोभिड १९ का कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका ५ लाख गरिब परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।
उनले स्थानीय तहको सहयोगमा असोज महिनाभित्र यस्तो रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाएको उल्लेख गरे ।












प्रतिक्रिया