बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेताका सत्ताका लागि कार्यकर्ता कोपोभाजनमा

वि वि श्रेष्ठ २०७८ भदौ २५ गते ८:५३

-वि वि श्रेष्ठ

काठमाडौँ, २५ भदौ । राजनीति साह्रै निकृष्ट हुदाँरहेछ ।

लामो समय माधव नेपालको टिममा रहेर काम गरेका भीम आचार्य र अष्टलक्ष्मी शाक्य को संस्थापन पक्षमा रहेर मुख्यमन्त्री वने, त्यो संस्थापनको स्वार्थ थियो, कि आवश्यकता, समयले मुल्यांकन गर्ला तर त्यहि वीचमा वनेको मुख्यमन्त्री पद अहिले धरापमा परेको छ ।

यो विषयलाई सुक्ष्म विश्लेषण गर्ने हो भने संस्थापनको मुख्यमन्त्री र एकीकृत समाजवादीको विरोधको विचमा वैचारिक भिन्नता पाउन सकिदैन ।

मुख्यमन्त्रीमा दुवैको पदवहाली सँगैको एकीकृतको विरोध र जसरी पनि मुख्यमन्त्री वाट हटाउने रणनितीमा राजनैतिक र वैचारिक कारण देखिदैन ।

किनकी मुख्ममन्त्रीमा दुवै जना अयोग्य पनि होईनन, यद्यापी एकीकृत समाजवादीको विरोध भनेको आफुलाई धोका दिएको भन्दा अन्य चित्तवुझदो कारण देखिदैन । यो सवैले पुष्टि हुन्छ, नेपालका राजनिती आवश्यकता आधारमा हैन, कुष्ठा र स्वार्थवाट प्रेरित छ । जुन पटक पटक पटाक्षेप भईसकेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भीम आचार्यले मुख्यमन्त्री वन्न अथवा पार्टीको मुल संस्थापन धारमा रहने निर्णय अवाञ्छनिय छैन, किनकी लामो समय पार्टीमा गरेको त्याग, तपश्या र योगदानको आधारमा त्यसलाई पदलोलुपता भन्न सकिदैन ।

किनकी पार्टी फुटको औचित्य नदेख्नु, वैचारिक र कार्यदिशा फरक नदेखेपछि एमालेमा रहनुलाई पदाशक्ति भन्न मिल्दैन, जिम्मेवारी लिनुदिनु भनेको तपशिल हो ।

तर संस्थापनमा रहँदा वित्तिकै हिजोसम्म अव्वल नेता सम्झने माधव नेपालले जसरी पनि मुख्यमन्त्रीवाट हटाउने अभिव्यक्ति र व्यवहार भनेको स्वार्थ केन्द्रित मात्र हो ।

फगत यो कुष्ठा मात्र हो । यसमा कुनै पनि विचार र सिद्धान्तको कुरा छैन । यसले गर्दा पनि माधव नेपालको राजनैतिक के का लागी भन्ने कुराको पुष्टि भएको छ ।

शक्ति र सत्ताका लागि कालोलाई सेतो र सेतोलाई कालो सम्म भन्न सक्नेहरुको अभिव्यक्ति हेर्दा लाग्दछ, यस्ता नेताहरुको पछाडी लाग्ने भनेको हामी नै मुर्ख हौ । पद, शक्ति र सत्ताका लागी लड्नेहरुका कारण आम कार्यकर्ता र जनताभने विभाजित वनेका छन् ।

त्यो विभाजित के का लागी भन्ने नेताहरुले समेत भन्न नसकेको वेलामा कार्यकर्ता र जनता नै विभाजित हुँदा समाजिक सद्रभाव नै धरापमा परेको छ । यो सवैको कारण अव खोज्ने वेला भएको छ ।

कार्यकर्ता नै विभाजित भएर वोलचाल र ज्यान नै धरापमा रहने अवस्थाका सिर्जनाको मुख्य विषय के हो ? देश परिवर्तन कि समाज ? आम जनताले यो व्यवहारमा के परिवर्तन रहला ? कार्यकर्ताको जीवनस्तरका लागी हो कि समाज रुपान्तरणका लागी ?

गन्तव्यविहिन यात्रा र सिमित नेतालाई पदमा आसिन गराउनका लागी गरिएको तिकडमका मतियार हामी किन वनिरहेका छौ ? समाज र परिवर्तनका समग्र परिवर्तनका लागी जनयुद्ध गरेका तत्कालिन माओवादीको अहिलेको अवश्था के छ ?

समृद्ध नेपालका नारा सहित जनयुद्धमा होमिएको कार्यकर्ताको जीवन वलिदानी, अंगभंग, वेपत्ताको अहिलेको अवस्था के हो ? माओवादी सवैभन्दा ठुलो पार्टी वनेर त्यो सवै आम कार्यकर्ताको भावनाको कदर गरयो कि गरेन ?

यावत उदारहण हुदाँ हुदै पुन फेरि राजनितीको नाम भजाएर कार्यकर्ता भड्काउने नेता र भड्किने जनताहरुको जमात रहेसम्म नेपाल न परिवर्तन हुन्छ, न नेपालीको जीवनस्तर ।

यही छेलोखेलोमा धकेलिएको नेपालको राजनिती नेताको क्रणास्थल तवसम्म भईरहन्छ, जवसम्म कार्यकर्ता र जनतालाई आफनो भुमिकाको महसुस हुदैन, चालिएका पाईलाको अनुभुति हुदैन ।

विवेक र वन्धक समेत प्रयोग नगरि सिमित नेताको स्वार्थतामा लाग्नु भनेको परनिर्भरता हो, जवाफदेहिताविहिन हो, स्वार्थता हो, शक्ति र पदप्रतिको आशक्ति हो । देशप्रतिको धोका हो । यो भन्दा पृथक केही होईन ।

निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टी र लोसपाको दर्ता सँगसँगै नेपालको राजनितीलाई नजिकवाट नियाल्ने हो भने नेपालको समग्र व्यवस्थालाई त पुर्ण रुपमा असर गरयो नै यो वीचमा संघिय, प्रदेश र स्थानिय जनप्रतिनधिहरुलाई भने धेरै नै तरंगित वनायो ।

यति धेरै समग्रतामा देश लाई धुव्रिकृत गर्ने अवश्थाको अन्तर्य के त ? यति धेरै धृव्रिकत मानसिकताको परिणाम के हो ? के यसले समाज र जनताको आवश्यकतालाई सम्वोधन गर्न सक्दछ ? हैन भने संघिय, प्रदेश हुदै स्थानिय तहको निर्वाचित जनप्रतिनिधीहरुको यो रवैयाले देशलाई वन्धक शिवाय अन्य केहि वनाउदैन ।

विवेक र वन्धक समेत प्रयोग नगरि सिमित नेताको स्वार्थतामा लाग्नु भनेको परनिर्भरता हो, जवाफदेहिताविहिन हो, स्वार्थता हो, शक्ति हो र पदप्रतिको आशक्ति हो ।

यो भन्दा पृथक केही होईन । विचारमा विविधता हुनु स्वाभाविक हो, तर त्यो विविधता समाज र देश प्रति उत्तरदायि छ कि छैन भन्ने आम कार्यकर्ता र जनताको चेतनाविहिनताको पराकाष्ट हो । जो प्रयोग भएर देश लाई झन खाड्लमा हाल्न मतियार वनिरहेका छन् ।

राजनितीका अर्थ नवुझनेहरु राजनितीकर्मी वने । जनता कम विवेक विहिन नेता र कार्यकर्ता धेरै भएको नेपालका सन्र्दभमा जवसम्म राजनितीको मुल मर्म वुझन सक्दैन् तवसम्म नेपाल विदेशीको स्वार्थको क्रिणास्थल वनिरहने छ । विपक्षीले प्रयोग गर्ने धर्ममा लिप्त हुने हामी कार्यकर्ता नै अहिलेको सन्र्दभमा सवैभन्दा ठुलो समस्या हो ।

विवेक नै वन्धक राखेर गरिने क्रियाकलापले सिमित व्यक्तिको जीवनस्तर परिवर्तन हुन सक्ला, तर आम नेपाली र नेपालमा परिवर्तन ल्याउन सक्दैन । यो प्रक्रिया समृद्ध नेपाल सुखी नेपाली वनाउने अभियानको सारथी वन्न सक्दैन ।

पद र शक्तिका लागी यति धेरै विकाउ नेताहरुको पछाडी आम कार्यकर्ता विभक्त हुनुको कारण के हो ? व्यक्ति चिन्नका लागी जुगै विताउनु पर्देन, को नेता के चाहन्छ, त्यसको योग्यता, चेतनाको मापन गर्न उमेर ढल्काउन पर्देन ।

यति धेरै नाङ्गो नाँच नाचिरहदाँ पनि राम्रो देख्ने हाम्रो नजर भनेको दोषी हो, वन्धक चेतनास्तर हो र पदप्रतिको आशक्ति हो । जसले व्यक्तिको स्वार्थ भन्दा केहि देख्दैन । जुन हाम्रो व्यवहारले नेताहरुको यो हर्कतलाई अरु प्रशय दिईरहेको छ, थप हौसला दिईरहेको छ ।

जवसम्म आम कार्यकर्ता र जनतामा चेतनाको विकास हुदैन, नेताहरुले प्रयोग गर्ने क्रम निरन्तर चलिरहन्छ । परनिर्भरतामा वाँचेका हामीहरु जव सम्म स्वनिर्भर वन्न सक्दैर्नौ, हामी प्रयोग भईरहने हो, विषयवस्तु जे भएता पनि ।

एक्काईसौ शताव्दीमा विश्वमा विकासको लहर चलिरहदाँ भने हामी कसैका पछाडी पिछलग्गु वनेर समाज र देश वन्धक वनाईरहेका छौ ।

आम जनता र कार्यकर्तामा चेतनास्तर हुने, विवेकको स्वतन्त्र प्रयोग र स्वनिर्भर वन्ने हो भने नेताहरुको यो नाङ्गो नाँच हामीले देख्नुपर्ने थिएन । डर, धाक, धम्कि र स्वार्थतामा देशका जनप्रतिनिधी नै हुने हो भने आम जनताको हविगत के होला ? सोच्न ढिला भैसकेको छ ।

आम जनता र देश के चाहन्छ भन्ने सोच समेत नभएको नेताहरु जवसम्म नेपालको राजनितीमा हावी भईरहन्छ, तवसम्म समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पुरा हुन सक्दैन, यसका लागी आम जनता र कार्यकर्ता विवेकशिल, स्वनिर्भर र देशप्रति जिम्मेवारी वोध हुनैपर्दछ । नत्र भने नेताको स्वार्थतामा आफनै दाजुभाई लड्ने र लडाउने प्रक्रिया निरन्तर चलिरहनेछ ।

प्रतिक्रिया
सम्बन्धित