
काठमाडौँ, २५ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित नहुने संकेत देखिएको छ ।
एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुनै स्पष्ट नभएपछि संसदबाट पारित नहुने स्थिति बन्ने देखिएको हो ।
सत्तारुढ दोस्रो प्रमुख घटक माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादी पनि एमसीसी विरोधी बनेको छ ।
सरकारको नेतृत्व गरिरहेको काँग्रेस भने जसरी पनि एमसीसी पास गराउने पक्षमा छ ।
प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमालेले आफू सरकारमा नरहेको र आफ्नो भूमिका नहुने भन्दै निर्णय गरेको छैन । यद्यपी एमसीसीको पक्षमा नरहेको एमालेको संकेत देखिएको छ ।












प्रतिक्रिया