
काठमाडौँ, २४ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार नेपाल आउने भएका छन् ।
उनीहरु नेपालको चारदिने भ्रमणका लागि आज विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौँ आउँदैछन् ।
नेपाल सरकारले राखेको जिज्ञासाको जवाफ दिएको भोलिपल्ट एमसीसीको टोली नेपाल आउने भएको हो ।















प्रतिक्रिया