८ कार्तिक २०८३, आइतबार

ज्यान मुद्दाका फरार अभियुक्त २७ वर्षपछि पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भोजपुर, २१ भदौ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी टेम्केमैयुङ गाउँपालिका–५ केरावारी बस्ने ५३ वर्षीय मन केशर राईलाई वारदात घटना पश्चात २७ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।

टेम्केमैयुङ गाउँपालिका–७ बस्ने २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको २०६१ भदौ २८ गतेको फैसलाले ३ वर्ष कैद सजाय ठहर भई वारदात घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले भोजपुर सदरमुकाममा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत भोजपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।