८ कार्तिक २०८३, आइतबार

जनताको भरोसा एमालेमै छः केपी ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भरोसा एमालेमै रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा युवासंघद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले सरकारबाट पार्टी हटे पनि जनताले एमालेलाई नै भरोसा गरेको बताए ।

‘नेकपा एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोज्छन् । सरकारबाट एमाले हटेको छ तर जनता एमालेमा पसेको छ’, ओलीले भने ।

सम्बोधनका क्रममा वर्तमान सरकार नेपाली नागरिक मारिँदा समेत चुइक्क बोल्न नसकेकोमा सरकरको खबरदारी गरेका छन् ।

त्यस्तै, विदेशीका हेलिकप्टरहरु आफ्नो देशमा अनुमति विना उडिरहँदा किन प्रश्न नगरेको भनी सरकारलाई कटाक्ष गरेका छन् ।

‘भारत थाहा छैन भन्छ, नेपाल सरकारले थाहा दिन सक्दैन ? नागरिक मारिदा चुइक्क बोल्न सक्दैन ? अनि यहाँ सडकमा लाठी लगाउन खोज्छ युवालाई’, ओलीले भने, ‘यस्तालाई भन्छन् घरका बाघ, बनका स्याल ।’

सरकारको यो भन्दा नालायक हुने ठाउँ नरहेको भन्दै ओलीले आफ्नो सरकारको पालामा बाहिर बसेर ठूला कुरा गर्ने गबन्धन सरकारले बोल्न समेत नसकेको भन्दै आलोचना गरेका छन् ।

‘मास्क फुत्त फालेर, आफैले टाँसेको टेप, फिल्मी स्टाइलमा बोल्न पाइन्छ भन्थे–म अहिले तिनीहरुलाई सोध्न चाहान्छु, देश र राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइदैन ?’, ओलीले भने, ‘अश्लिल छाडा बोलेको छ, तमासा गरेको छ । अनि अहिले किन भन्न सक्दैनन् अपराधका हिस्सेदारहरुले गरेको अपराध ?’

ओलीले पार्टीलाई सरकारमा हुनु र नहुनुले केही फरक नपर्ने बताए । ‘फरक देशलाई पर्छ, विकासमा पर्छ, राष्ट्रियताको कुरामा फरक पर्छ तर जनताको भरोसामा फरक नपर्ने’ बताए ।