
काठमाडौँ, २१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई प्रभावित गर्ने नीति फिर्ता लिन गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।
सोमबार अर्थमन्त्रालय बोलाएर अधिकारीलाई मन्त्री शर्माले सेयर लगानीकर्ताको मनोवल गिर्ने गरी कुनै पनि काम नगर्न गभर्नर अधिकारीलाई सचेत गराएका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जाको सीमा ४ करोड देखि १२ करोडसम्मको निर्धारण गरेको थियो ।
यसैगरी केन्द्रीय बैंकले एकीकृत निर्देशिका २०७७ लाई परिमार्जन गर्दै एकाघर परिवारले १ बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट अधिकतम १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ ।
जसको असर शेयर बजारमा देखिएपछि अर्थमन्त्रालयले चासो व्यक्त गरेको हो ।
आइतबार १४७ अंक सम्मले नेप्सेमा गिरावट आएर कारोबार नै बन्द भएपछि लगानीकर्ताहरुमा त्रास पैदा भएको थियो ।















प्रतिक्रिया