
काठमाडौँ, २१ भदौ । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जना मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानमा एकै परिवारका ६ जना मृत फेला परेका हुन् ।
धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको बताइएको छ । यद्यपि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको बताइएको छ । प्रहरीका अनुसार घटना के कसरी भएको बारे थप विवरण आउन बाँकी छ ।















प्रतिक्रिया