
काठमाडौँ, २० भदौ । नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण फुटबल खेल सुरु भएको छ ।
दशरथ रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् ।
यससँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् ।
यसअघि भएको नेपाल भारत खेलमा एक एक गोलको बराबरी खेलमा टुंगिएको थियो ।















प्रतिक्रिया