८ कार्तिक २०८३, आइतबार

महोत्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

महोत्तरी, २० भदौ । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनले आफ्नै बारीकोे रुखको हाँगा काट्ने क्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको बताए । –रासस