२९ आश्विन २०८३, बिहिबार

वामदेव गौतमले एमालेबाट राजीनामा दिँदा किन यति बिघ्न खुशीयाली ?

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-टेकराज पौडेल

हुन त माधव नेपालहरुले एमाले छोडेर नयाँ पार्टी गठन गर्दा खुशी मनाउनेहरु पनि थुप्रै थिए । तर तिनिहरु एमाले थिएनन् एमालेहरुले त नेपाल बहिर्गमन हुँदा दुःख माने ।

नेपालहरु बाहिरिँदा एमाले फुटाउन पाइयो भने आफ्नो सत्ता प्राप्त होला भन्ने आशाले कमेण्ट र खुशी व्यक्त गर्ने काँग्रेस समर्थकहरुको बाहुल्यता थियो ।

तर आज मात्र एमालेका उपाध्यक्ष बामदेब गौतमले एमाले पार्टीबाट राजीनाम दिएको समाचार र गौतमको विज्ञप्ति देखेर रमाउनेहरु धेरै देखिए ।

विभिन्न अनलाइन मिडियामा प्रकाशित वामदेव गौतमको न्युजमा कमेन्ट गर्ने ९८% व्यक्तिहरुका कमेन्ट पढ्दा यस्तो लाग्थ्यो कि वामदेव गौतम एमालेबाट मात्र होइन राजनितीको केन्द्रबाटै राजीनामा दिने हो भने नेपालको राजनीति सङ्ग्लो हुने थियो भन्ने आशय देखिन्थ्यो । गौतमको महत्वका‌ंक्षाका कारण नै नेपालको राजनिती धमिलो भएको भन्ने अत्याधिक देखिन्छ ।

ओलीसँग सानिध्य भएर पार्टी विधानमै नभएको पद विधान शंसोधित गराइ उपाध्यक्ष र महत्वपूर्ण बिभाग मध्य सङ्गठन बिभाग हात पार्नु भयो भने उता प्रचन्ड र नेपालसँग साख्यै बनेर कुनै ठाउँ खाली गराएर प्रतिनिधि सभामा गै यहि अवधि बीचमा प्रधानमन्त्री हुन फराकिलो राजमार्ग खोजी गर्न थाल्नुभयो ।

सामाजिक सन्जालमा स्वतन्त्र युबाहरु मात्र होइन केही बौद्धिक बर्गहरुमा समेत बामदेब गौतमलाई विगत दुई वर्षदेखिको क्रियाकलाप आफुहरुले नजिकबाट हेरेको भन्दै खिशिट्युरी गर्ने पनि धेरै नै छन् ।

वामदेव गौतमको राजिनामा प्रती एमाले केन्द्रिय स्तरमा रहेका अत्यधिक नेताहरुले एउटा सामान्य मान्छेले पार्टी छोड्दा समेत चासो र चिन्ता जाहेर हुन्छ तर गौतम बहिर्गमन हुदा कोहि पनि त्यति गम्भीर भएको देखिएन ।

एमाले केन्द्रिय सदस्य रहेका मिडिया मैत्री भनेर चिनिने करिब दुई दर्जन नेताहरुको फेसबुक पेज र ट्विटर हेर्दा एक दुई जना बाहेक सबै चुपचाप नै देखिन्छ ।

एमालेका प्रदेश, जिल्ला र स्थानीय तह तथा सुर्यमा भोट खसालेका सार्वजनिक मिडियामा चासो राख्ने सयौको सन्ख्यामा रहेका ब्यक्तिहरुको स्टाटस र टिप्पणी हेर्दा लाग्छ आजको वामदेव गौतमको राजिनामा गौतमले गरेका जिन्दगिका राम्रा काम मध्यको एक महत्वपूर्ण काम भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

कतिपयले एमाले भित्रको धमिरा हटेको र पिलो सन्चो भएको समेत टिप्पणी गरेका छन । काङ्ग्रेस समर्थक टिप्पणीकार मध्य पनि गौतम अब माधब नेपाल तिर लाग्यो भने नेपाललाई पनि हैरान पार्ने चिन्ताले गौतम प्रती नकारात्मक टिप्पणीले भरिपुर्ण छ ।

वामदेव गौतम प्रति किन यति बिघ्न असंहिष्णु ?

नेपालको संविधान २०७२ मा ब्यबस्था भएअनुसार आम निर्वाचनबाट निर्मित सरकारलाई शुरुको दुई बर्ष नपुगुन्जेल अविश्वासको प्रस्ताव राख्न नपाइने भएकोले २०७४ फाल्गुण ३ गते सरकार सम्हाल्न पुगेका प्रधानमन्त्री केपि ओलिको गत वर्ष फाल्गुण मा दुई वर्ष निर्धक्क सरकार चलाए ।

चाइनाबाट शुरु भएको कोरोना २०७७ फाल्गुणमा नेपालमा आइसकेको थियो । चैत्र ११ गतेबाट लक डाउन शुरु भए पछि चैत्रको तेश्रो हप्ता ओलि दोस्रो पटक किड्नी ट्रान्सप्लान्टको लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्णा भए । फल्गुण र चैत्र दुई महिना ओलिलाई स्वास्थ्य अवस्था अलि जटिल थियो ।

तर नेपाल मै दोश्रो पटक ट्रान्सप्लान्ट गर्दा हप्ता दिन भित्रै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलि तन्दुरुस्तका साथ काममा फर्के पछि एमाले भित्र सरकारको नेतृत्व फेर्न धेरै चलखेल शुरु भयो । यो खेलमा बामदेब गौतम निर्णायक जस्तो हुन पुग्नु भयो ।

ओलीसँग सानिध्य भएर पार्टी विधानमै नभएको पद विधान संसोधित गराइ उपाध्यक्ष र महत्वपूर्ण बिभाग मध्य सङ्गठन विभाग हात पार्नु भयो भने उता प्रचन्ड र नेपालसँग साखै बनेर कुनै ठाउँ खाली गराएर प्रतिनिधि सभामा गै यहि अवधि बीचमा प्रधानमन्त्री हुन फराकिलो राजमार्ग खोजी गर्न थाल्नुभयो ।

हुम्लादेखि काठमाडौँको सुरेन्द्र मानन्धर हुँदै कास्किको स्व.रबिन्द्र अधिकारीको ठाउँमा उपचुनाब मार्फत प्रधानमन्त्रीमा फड्को मार्ने काम गर्नुभयो ।

कार्यकर्ता र स्वतन्त्र नगारिकको चर्को बिरोध बिच गौतमले आफू कुनै ठाउ जान नखोजेको बरु आफुलाइ बदनाम गर्न खोजेको आरोप लगाउनु त भयो तर रिक्त राष्ट्रिय सभामा लैजान पर्ने र संविधान नै चेन्ज गरेर राष्ट्रिय सभाको सदस्य नै प्रधानमन्त्री हुन पाउने गरि गौतमकै लागि सम्भिधान परिवर्तन गर्ने अड्डि कस्न थाल्नु भयो ।

राष्ट्रिय सभाका १८ रिक्त पदहरुमा सचिबालय भित्रका दुई नेता गौतम र नारायण काजी श्रेष्ठलाई सम्सदमा आउनु पर्यो भनेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलिको प्रस्ताबलाई गौतम आफुले अस्विकार गरेका थिए भने श्रेष्ठले स्वीकार गरि संसदमा छिरिसकेका थिए ।

यही बिचमा ओलिले राष्ट्रपतिबाट मनोनित एक सिटमा दुई वर्षे कार्यकाल पूरा भएका युबराज खतिवडालाई दोहोर्याउदै पुन अर्थमन्त्री बनाउने अवस्था आए पछि प्रधानमन्त्री ओलिको कदमलाई अबरोध गर्न प्रचन्ड नेपालको योजनामा गौतम पुन: राष्ट्रपतिबाट मनोनित हुने कोटामा आफू आउन मरिहत्ते गर्न थाले ।

“तेल दिँदा नखाने कोल चाट्ने” भन्दै ओलिले केही समय उक्त पदमा कसैलाई पनि लग्नु भएन । वामदेवलाई सिखन्डी बनाएर प्रचन्ड नेपालहरुले नेकपा भित्र बबन्डर शुरु गर्न थाले राष्ट्रिय सभामा पुर्याएर गौतमलाई अर्थमन्त्री बनाउन पर्ने दवाव आउन थाल्यो ।

यता प्रचन्ड नेपालसँग अघोषित सम्बन्ध भएका आर्थिक घरानाहरुले आफ्ना कुत्सित ब्यापारिक स्वार्थ खतिवडाका कारण पूरा हुन नपाएकोमा जसरी पनि खतिवडाको बहिर्गमन गर्नै थियो । राष्ट्रिय सभा बामदेब गौतमलाई लान ओलि बाध्य हुनु भयो । तर अर्थमन्त्रीमा गौतमको साटो महासचिव बिष्णु पौडेललाइ बनाउनु भयो ।

नेपालको संविधानमा उही कार्यकालमा प्रतिनिधि सभाको निर्वाचन हारेको मान्छे सोही समय भित्र अरु कुनै कारणबाट मन्त्री परिषदमा जान नपाउने भन्ने उल्लेख भएको र गौतम कै कारण सम्भिधान परिबर्तन गर्न सम्भव नभएको भन्दै ओलिले गौतमलाई मन्त्री बनाउन नसक्ने अड्डि कसे ।

पार्टी एकता को बेला नै ४०% हिस्सा लिएको र मन्त्री परिसदमा गृह लगायतका मन्त्रालय आफ्नो भागमा लिएको र आआफ्ना मन्त्रालयका काम गर्दा गर्दै प्रचन्डले एमालेका भागमा परेको अर्थ मन्त्रालय भित्र किचलोमा नेपाल गौतम लाई उचाल्न शुरु गरेका थिए ।

वामदेव गौतम जता–उतै बहुमत– नेकपा सचिबालय भित्र ९ जना थिए । अध्यक्ष ओली, इश्वर पोख्रेल, विष्णु पौडेल र राम बहादुर थापा एउटा कित्तामा थिए भने अर्को कित्तामा प्रचन्ड, माधब नेपाल ,झलनाथ खनाल र नारायण काजी श्रेष्ठ ।

वामदेव गौतम जता हुन्छन त्यतै बहुमत हुन्थ्यो । विपक्षीले वामदेवलाई सिँगारेर आफ्नो स्वार्थ पूरा गरेको देखिरहेका ओलिले पनि पार्टी भित्रको रस्साकस्सी भित्र आफ्नो बहुमत अडाउन गौतमलाई कोरोना कहर पश्चात् आफ्नो कार्यकालको अन्तिम चुनाबी सरकारको प्रधानमन्त्री बनाउने जालो फ्याँक्नु भयो ।

एक महिना जति बामदेब पनि चुपचाप लागे पछि विवाद मथ्थर जस्तो देखिन्थ्यो । अनि प्रचन्ड नेपालले बामदेबलाई भन्थे “देख्नु भयो एक महिना भयो कुनै सुरसार नै छैन ओलिले तपाइलाई प्रधानमन्त्री बनाउनु होला जस्तो लाग्दैन । बनाउने भए त तपाइलाई केही छनक आउथ्यो नि ! ओलिले तपाइलाई धोका दिने भए अब तपाईं वार कि पारको लडाइमा निस्कनुस हामिलाइ त के छ र एक/दुई पटक प्रधानमन्त्री खाइसकेका नै हौ ।

हामिलाइ कुनै रहर छैन प्रधानमन्त्री हुन (प्रचन्डजी) त अझ आधा आधा अवधि बढेको प्रधानमन्त्री त छोडेको मान्छे हुँ । तपाईं जस्तो सिनियर नेता जम्मै प्रधानमन्त्री हुदा तपाईलाइ गराउन सकिएको छैन तपाइलाइ प्रम बनाउने मेरो लक्ष छ किन कि तपाईं हिजो जनयुद्धको पाला देखि हामीसङ्ग नजिक पनि हुनुहुन्थ्यो ।”

वामदेव जी आजै वारपार गराएर आउँछु भन्दै प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गर्न बालुवाटार पुग्नु हुन्थ्यो । ओलीले हैरान भएर भन्नू हुन्थ्यो मैले आजै दिने भनेको कहाँ थिए ? चुनावी सरकारको नेतृत्वको बारे होइन ?

वामदेव – त्यो त हो तर प्रचन्ड नेपालजिहरु कुनै हालतमा तिमिलाइ ओलिले प्रधानमन्त्री बनाउन्न भन्दछन कुरो के हो ? प्रधानमन्त्री र बामदेब जि बिचमा यो लेबलमा बहस र तर्क हुन्थ्यो ? यसरी बामदेबलाई जस्ले जति खेलाउन सक्यो त्यति खेल्नु हुन्थ्यो ।

आफू र आफ्नो कारण बाहिर के कस्ता टिप्पणी हुदाहुन भन्ने रत्ती भर चिन्ता नलिने जब सार्वजनिक मिडियामा चर्को आलोचना हुन्थ्यो अनि म माथी सडयन्त्र भयो भनेर उफरने गर्नु हुन्थ्यो ।

गौतम कहाँ कहाँ गोटि बन्नु भयो ?

२०५३ सालमा माधब नेपाललाई पार्टी महासचिवबाट हटाउने र गौत्मलाई महासचिब बनाउने गरि एमाले केन्द्रिय समिती भित्र झलनाथ खनाल सहितको एउटा समीकरण बन्यो । आधा आधा जसो केन्द्रिय सदस्य गौतम झलनाथ टिममा सम्लग्न भए ।

केन्द्रिय समितिको बैठक डाकियो । बैंकक बस्नु अघि गौतमलाई कम पढेको र अङ्रेजी नजानेको कारण पार्टी हाक्न सक्दैनौ भन्दै नेपालको सट्टामा गौतम होइन खनाल महासचिव गराउने भन्ने टुङ्गो लाग्यो ।

संयुक्त बैठक बस्यो बैठकमा नेपाल बोल्न सक्ने स्थितिमा रहेनन भने नेपालको पक्षमा बैठक भित्र दुई घन्टा आफ्नो धारणा राखेका केपि ओलिको बिचार पछि सन्नाटा छायो अनि महासचिव बदल्ने प्रस्ताव नै हरायो ।

२०६६ सालमा सेनापती कान्डमा प्रचन्ड सरकारबाट बहिर्गमनमा परे पछि आफ्नै पार्टीका नेता माधब नेपाल प्रधानमन्त्री भएको बेला नेपाललाइ हटाएर पुन प्रचन्डलाइ नै सरकारमा पुर्याउन पर्ने भन्दै ६० जना सम्सदको हस्ताक्षर लगेर प्रचन्डलाइ बुझाउदै प्रचन्डको शिखन्डी बन्दा पनि गौतम चुकेको अनुभूति भएको थियो ।

मालेको गठन– माधव नेपाल, केपी ओलीसहित बहुमतको शासन अति भयो भन्दै सिपि मैनाली अलग पार्टी गठन गर्न चाहन्थे । २०५१ सालको मनमोहन अधिकारीको सरकारका स्थानिय बिकास मन्त्री रहेका सिपि मैनालिलाई एउटा सामान्य कमजोरीमा मन्त्रीबाट बर्खास्त गरिएको थियो ।

मनमोहन अधिकारी प्रधानमन्त्री हुदा प्रधानमन्त्री अधिकारीलाई निर्णयहरुमा अन्कुश लगाउन पार्टी महासचिव उपप्रधानमन्त्री को नियुक्ती लिनु भयो ।पार्टी काम अगाडि बढाउन सजिलो होस भनेर पार्टी बिधान मै नभएको उपमहासचिव बामदेब गौतमलाई बनाउनु भयो ।

९ महिना पश्चात् सरकारबाट बहिर्गमन भए पछि विधानको व्यवस्था अनुसार उपमहासचिव पद नभएको र गौतमले समनान्तर शक्तिको अभ्यास गर्न थालेको भन्दै गौतमलाई धन्यवाद समेत नदिइ पदच्युत गरे पछि सिपि मैनालिले गौतमलाई पनि आफ्नो गृपमा लिनु भएको थियो ।

महाकाली सन्धीलाई कारण देखाउदै सिपिहरुले बामदेब गौतमलाई एमालेबाट अलग त गराउनु भयो । तर गौतम आफू मैनालिको सडयन्त्रमा परेको बल्ल ४ बर्ष पछि थाहा पाउनु भयो ।मैनाली आज पर्यन्त मालेमा नै हुनुहुन्छ भने गौतम हाल सम्म पार्टी फेर्दै हुनुहुन्छ । जुन कारण आज गौतम हलुका नेता भनेर चित्रीत भैरहनु भएको छ ।

आफ्नाले साथ छाडे– एमाले विभाजन गराउदा ८९ जना संसद मध्ये ४६ जना वामदेवजीको साथमा थिए । ५६ को चुनावमा उहाँहरुले अपेक्षित सफलता प्राप्त गर्न सक्नु भएन

वामदेवको पार्टी चल्न सक्ने नदेखेको कारण करिब २०% नेता र ५०% कार्यकर्ताले गौतमको साथ छोडेर माओबादी रोजे पछि गौतमजिको एमाले प्रवेश भएको थियो ।

एमालेको नवाैँ महाधिवेशन ताका गौतमसङ्ग किरण गुरुङ, रबिन्द्र अधिकारी, रघुबिर महासेठ, केशबलाल श्रेष्ठ श्रीमाया थकालीसहित, करिब दुई दर्जन केन्द्रिय सदस्य थिए ।

आधा आधिले त नबौ महाधिवेशनमा गौतमले ओलिलाइ साथ दिएको भन्दै नेपाल गुटमा सम्लग्न भए ।घनश्याम भुशाल योगेश भट्टराई रामकुमारी झाक्री लगायतलाई २०७१ सालबाट बिदा भैसकेका थिए ।

एकता दवाव समूह– प्रधानमन्त्री ओलिले पहिलो पटक सम्सद विघटन गरे पछि नेकपाका नेता कार्यकर्ता दुई समुहमा बाडिए दुबै समुहले रास्ट्रब्यापी सभा जुलुस गर्न थाल्यो । दुबैका समर्थन र बिरोधमा हजारौ र लाखको सन्ख्यामा समेत जुलुस सभा भए ।

दुई समूह एकै ठाउँ रहने स्थिती थिएन ।एकले अर्कोलाई न सिध्याई विश्राम नलिने गरि अघि बढेको बेला बामदेब गौतमजिले सुन्दा मीठो लाग्ने शारमा भने ओलिलाइ कमजोर बनाउने गरि एकता नामक एक अभियान खोल्नु भयो ।

समकालीन नेता मध्य गौतमको योगदान सरदरमा सबैको भन्दा उच्च छ भन्नुमा अतिसयोक्ती नहोला । पक्राउबाट बचेर जनतामा कम्युनिस्ट पार्टी प्रतिको आकर्षण बढाउनु निश्चय नै चानचुनको विषय थिएन ।

नेकपाका एक जना नेता हरि पराजुलिले मात्र साथ पाएका गौतमले जिल्ला तहमा माधब नेपाललाई सहयोग गर्न बसेका करिब एक हजार पाँच सय जत्तिको नाम पत्रीकामा प्रकाशित गरेर काठमाडौमा एकताको नाममा एउटा भेला आयोजना गरे पनि गौतमले चलाएका अभियानले त्यस समिती भित्र भएका अनुहार र बामदेबजिको स्वयम् आफ्नै चालढाल र ब्यबहारले गर्दा एकताको दबाब समुह मार्फत कुनै प्रभावकारीता अबुभव गरेन ।

गौतमको योगदान– एकताका गौतमलाई “आइरन गेट” भनेर प्रशम्सा गरिन्थ्यो । गौतम बिनाको एमाले कल्पना बाहिरको कुरा भनिन्थ्यो । जिमिन्दार किसानको खेत जोतेर जहान बच्चा र पार्टी पालेर बनेको पार्टी हो एमाले ।

गौतमले पार्टी काम अघि बढाउन रुपन्देही लगायतका जिल्लाहरु मा गरेको दुख साच्चै नै सोधभर्णा गर्न सकिन्न । पार्टी नै जिन्दगी भनेर माले हुँदै एमालेलाई निकै माथी उकास्नमा गौतमको निकै ठूलो योगदान छ ।

समकालीन नेता मध्य गौतमको योगदान सरदरमा सबैको भन्दा उच्च छ भन्नुमा अतिसयोक्ती नहोला । पक्राउबाट बचेर जनतामा कम्युनिस्ट पार्टी प्रतिको आकर्षण बढाउनु निश्चय नै चानचुनको विषय थिएन ।

२०५४ सालको स्थानिय चुनाबमा बिपक्षिहरुको धादली रोक्न र जनतालाइ निर्भयका साथ भोट खसाली आफ्नो प्रतिनिधि छान्न सरकारको गृहमन्त्रीको रुपमा शान्ति सुरक्षामा तदरुकता देखाएको कारणले पनि आज बामदेब गौतमको प्रशम्सा हुने गरेको छ ।पार्टी भित्र र बाहिर निडर नेताको छवि बनेको छ ।

गौतमले ओलिलाइ माथि उठाए– २०७० मंसिरमा एमालेको सम्सदिय दलको नेता बनाउदा होस या २०७१ असारमा सम्पन्न नबौ महाधिवेशनमा आफ्नो टिम सहित केपि ओलिलाई अध्यक्ष बनाउन सहयोग गरेको कारण नै ओलि आज जुन ठाउमा हुनुहुन्छ त्यस्को श्रेय गौतमलाई नै जान्छ ।

आज माधव नेपालको इगो र पार्टी घात हेर्दा लाग्छ हिजोको दिनमा बामदेब गौतमले केपि ओलिलाई पार्टी अध्यक्ष वा संसदिय दलको नेता बनाउन योगदान नपुर्याएको भए आज एमाले मात्र होइन कम्युनिस्ट आन्दोलन कहाँ हुन्थ्यो होला ? काङ्ग्रेसका पाउमा पार्टी चढाउन उद्धत माधब नेपालले धन्न त्यति बेला महाराज समक्ष दाम मात्र चढाएछन ।

अत; स्वार्थी र अवसरर्बादी चरित्रका कारण गौतम उपेक्षामा परे । धैर्य त्याग र समर्पणले मात्र मान्छेले गन्तव्य फेला पार्न सक्दछ भन्ने उपमा सायद सबै भन्दा बढी दिनेमा गौतम नै पर्नु हुन्छ । तर उहाँमा नै ती कुराको कमि रह्यो ।

नेकपा कालमा उहाँमा पलाएको स्वार्थ केन्द्रित अवसरबादका कारण नै आज ७० बर्षको बिचमा भएको कम्युनिस्ट पार्टीको एकता विघटन हुन पुग्यो ।

त्यति मात्र होइन देशमा दुई तिहाई नजिकको बामपंथी सरकार, ७ मध्य छ प्रदेशमा रहेको कम्युनिस्टहरुको सरकार विघटन हुन पुग्दै छ त्यसको प्रमुख कारण नै बामदेब कम्रेडमा पलाएको अधैर्यता नै हो ।

दुई पार्टीको एकताको बेला पार्टी भित्रका गुटउपगुट्को ब्यबस्था गर्न त गार्हो हुने बेला समझदारीमा पार्टीको महाधिबेसन सम्म जाने वैधानिक व्यवस्थालाइ कुल्चेर बहुमत र अल्पमतबाट मात्र एकले अर्कोलाई सिध्याउने खेलमा नलागेर आफुले दुख गरेर निर्माण गरेको पार्टीमा पनि आज बसेको माने नहुने र नया बनेको पार्टी मा पनि समाबेश गर्न नपरे हुन्थ्यो भनेर हेला होचा गर्ने ठाउमा पुग्नु दुखको कुरा हो । “दुख पाइस् मङ्गले आफ्नै ढङ्गले भन्ने बाहेक केही भन्न सकिएन ।”