८ कार्तिक २०८३, आइतबार

भारतको जयनगरमा नेपाली युवकको घाँटी रेटिएको अवस्थामा शव भेटियो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १९ भदौ । भारतको जयनगर बजार नजिक एक नेपाली युवकको शव फेला परेको छ ।

नेपालको सिरहासँग जोडिएको भारतको बिहारको मधुवनी जिल्ला अन्तर्गत जयनगर नजिकै एक नेपाली युवकको घाँटी रेटिएको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा पानीमा शव फेला परेको हो ।

शव सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महराको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ ।

पारिवारिक स्रोतका अनुसार महरा बिहीबार मोटरसाइकल किन्न भनेर निस्किएका थिए । त्यस्तै, मोटरसाइकल किन्ने विषयमा मृतक र उनकी आमाबीच विवाद समेत भएको बताइएको छ ।

शनिबार विहान वेवारिसे अवस्था भारतीय प्रहरीले शव भेटेको थियो । मृतकको पकेटमा रहेको डायरीमा लेखिएको फोन नम्बरका आधारमा नेपाली रहेको पुष्टि भएपछि नेपाल प्रहरीसँग समन्वय गरेर परिवार बताइएको हो ।