फुङलिङ, १८ भदौ । ताप्लेजुङमा निर्माण भइरहेको सानिमा हाइड्रो पावरमा काम गर्ने ४४ वर्षीय खगप्रसाद तामाङको ढुंगाले थिच्दा मृत्यु भएको छ ।
काम गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिच्दा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–१ का तामाङको मृत्यु भएको हो ।
बिहीबार हाइड्रो पावरको भान्सा कोठामा बसिरहेका बेला माथिबाट आएको ढुङ्गाले तामाङलाई थिचेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















प्रतिक्रिया