मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

श्रीलङ्काले पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई १४ रनले हरायो

दैनिक नेपाल २०७८ भदौ १८ गते ८:१८

कोलम्बो, १८ भदौ । श्रीलङ्काले पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई १४ रनले हराएको छ ।

कोलम्बोमा बिहीबार राति श्रीलङ्काले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले ९६ रनको अर्धशतकीय पारी खेले । यस्तै रस्सी भान डेर डुसेनले ५९, कप्तान टेम्बा बाभुमाले ३८ र हेन्रिच क्लासेनले ३६ रन बनाए । श्रीलङ्काका अकिला धनञ्जयले २ तथा चमिका करुणरत्ने, वानिन्दु हसरङ्ग र प्रभिन जयविककर्मले एकरएक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन जोडेको थियो । श्रीलङ्काका अभिस्का फर्नान्डोले १ सय १८ रनको शतकीय पारी खेले भने चारिथ असालङ्काले ७२, धनञ्जय डी सिल्भाले ४४ रन बनाए ।

दक्षिण अफ्रिकाका कागिसो राबडा र केशव महाराजले २र२ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा श्रीलङ्काले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित