२ कार्तिक २०८३, सोमबार

‘सलाम छ पद्मा तिमीलाई’ तीज गीत सार्वजनिक (भिडियोसहित)

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वमन्त्री तथा एमाले नेतृ पद्माकुमारी अर्यालको सम्मान स्वरुप ’सलाम छ पद्मा तिमीलाई’ बोलको तीजको गीत सार्वजनिक भएको छ ।

अर्याल र समर्थक समुहले तयार पारेको गीतमा पूर्णकला बिसीले स्वर दिएकी छिन् । गीतको शब्द पूर्वमन्त्री अर्याल र समर्थक समुहले लेखेका छन् ।

गीतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेर अर्यालले गरेको भारतले मिचेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता र विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई यकिनसम्मको ऐतिहासिक कामबारे चर्चा गरिएको छ ।

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहेर पाँच महिना ११ दिनको कामबारे पनि गीतमा चर्चा गरिएको छ । कृषि मन्त्रालयमा हुँदा पनि अर्यालले किशानलाई समयमै मोल दिनेलगायतका महत्वपूर्ण काम गरेकी थिइँन ।

अर्यालले २०७४ चैत २ देखि २०७५ साउन १८ गतेसम्म स्वस्थ्यराज्यमन्त्रीको रुपमा काम गरेको थिइन् । त्यस्तै २०७५ साउन १८ गतेदेखि अर्यालले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय २०७५ पुष १० गतेसम्म सम्मालेकी थिइन् ।

यस्तो छ गीतको शब्द

सलाम छ पद्मा तिमीलाई

सलाम छ, पद्मा तिमीलाई गर्व छ, हामीलाई
जितेरै अघि बढ्नु दुस्मनहरुलाई, प्रतिगामीलाई (२)

जताजतै चर्चा चल्यो तिम्रै नाम र गाथाको
नयाँ उचाईं कायम गर्यो सगरमाथाको
विश्वास पनि तिम्रै थियो, विकास पनि सारै भो
जुन मन्त्रालय छिरेपनि चमत्कारै भो
चुच्चे नक्सा कायम भयो, देशकै मुहार फेरियो
(हाम्रो नेपाल कति रहेछ बल्ल हेरियो) (२)
सलाम छ, पद्मा तिमीलाई गर्व छ, हामीलाई
जितेरै अघि बढ्नु दुस्मनहरुलाई, प्रतिगामीलाई (२)

कति किसान रोएका थिए, मल बिउनै नपाएर
तत्कालै राहत दियौ, तिमी आएर
कालिमाटी किसान बजार मलकारखाना शुरु भो
किसानको हितमा काम खुरु खुरु भो
मातपोत नापी भूमि उस्तै सेवा दिलायौ

(डिजिटल अनलाइन सेवा छिनमै मिलायौ) (२)

सलाम छ, पद्मा तिमीलाई गर्व छ, हामीलाई
जितेरै अघि बढ्नु दुस्मनहरुलाई, प्रतिगामीलाई (२)

एक पालिका, एक अस्पताल, तिम्रै थियो धारण
वीर हस्पिटल सफा भयो, तिम्रै कारण
डिजिटल माटो जाँचको नक्सा पनि तयार
पशुपन्क्षि निर्भर भयो तिमी आएर

अन्यायको विरुद्व विगुल बजाई करायौ
अतिक्रमित कति जमिन फिर्ता गरायौ (२)
सलाम छ, पद्मा तिमीलाई गर्व छ, हामीलाई
जितेरै अघि बढ्नु दुस्मनहरुलाई, प्रतिगामीलाई (२)

गरेकि छौ देशको सेवा, देखेका छौं हामीले
नभएको जाल रच्छन् प्रतिगामीले
कमजोर पार्न खोज्लान् तिमीलाई नभएको लेखेर
छेकिदैन, हत्केलाले सूर्य छेकेर
निमुखाका सपना सबै तिम्रा हातमा छन्
अघि बढ् पद्मा तिमी जनता साथमा छन् ।

सलाम छ, पद्मा तिमीलाई गर्व छ, हामीलाई
जितेरै अघि बढ्नु दुस्मनहरुलाई, प्रतिगामीलाई (२)

हेर्नुस् भिडियोः