२ कार्तिक २०८३, सोमबार

कश्मीरका पृथकतावादी नेता गिलानीको निधन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १७ भदौ । भारतीय कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको बुधबार निधन भएको पारिवारले जानकारी दिएको हो ।

लामो समयदेखि बिरामी रहेका उनको निधन भएको हो । भारतीय शासनको विरोधमा रहेका उनी पछिल्लो ११ वर्ष अधिकांश समय घरमै नजरबन्दमा थिए ।

भारत सरकारले गिलानीको श्रीनगरस्थित घर वरपर तारबारसहित कडा सुरक्षा व्यवस्था गरेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कर्फ्यू लाग्न सक्ने तथा इन्टरनेट सेवा पनि बन्द हुन सक्ने उल्लेख छ ।

गिलानी कश्मीरको पृथकतावादी संगठनहरुको समूह हुर्रियत कान्फ्रेन्सका संस्थापक मध्ये एक हुन् । सो समूह अहिले निष्क्रिय रहेको छ ।

गिलानी तत्कालीन जम्मू–कश्मीर राज्यको ८७ सदस्यीय विधानसभामा १५ वर्षसम्म सदस्य रहेका थिए ।