दमक, १७ भदौ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका– ४ मदनपुरबाट लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले ५ वटा प्लाष्टिकको पोकामा ७ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
लागुऔषध जस्तो देखिने लिसाईलो पदार्थ, नेपाली रुपियाँ ४९ हजार ५ सय र मोबाइल थान –५ फेला पारी बरामद गरि आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–२ बस्ने १८ वर्षीय एबिट बुढाथोकी, ३० वर्षीय सजित समाल र २६ वर्षीय सौगात खतिवडा रहेका छन् ।















प्रतिक्रिया