८ कार्तिक २०८३, आइतबार

धार्मिकस्थलभित्रै यौन क्रियाकलाप गर्ने जोडी पक्राउ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १७ भदौ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध रुपमा यौजन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।

गुम्बाभित्र यौन क्रियाकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ वर्षीय सर्की शेर्पा र २४ वर्षीया सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिक स्थल गुम्बाभित्र आपतिजनक यौन क्रियाकलाप गरिरहेको अबस्थामा स्थानीयले फेला पारेका थिए ।

स्थानीयले खबर गरेसँगै दुवै जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक स्थलभित्र गैर कानुनी रुपमा यौन क्रियाकलाप गर्ने शेर्पा र सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक स्थल गुम्बाभित्र सास्कृतिक मुल्य मान्यता सामाजिक सदाचार र नैतिकता बिपरीत अमर्यादित अपराधिक यौन क्रियाकलाप गरेको हुँदा मूलुकी अपराध संहिता २०७४ को दफा १२३ (१)बमोजिम सार्बजनिक स्थलमा यौन कृया गर्न नहुने कसुरमा जिल्ला प्रशसन कार्यालय बाट १० दिनको म्याद थप भई अनुसन्धान काम भइरहेको छ ।